FAQs Complain Problems

समाचार

व्यक्तिगत घटना दर्ता सम्बन्धि प्राय सोधिने प्रश्नहरु

१. व्यक्तिगत घटना दर्ता के हो ?
उत्तर: व्यक्तिको जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद तथा बसाईँ सराईँ जस्ता मानिसका आफ्ना निजी घटना स्थानीय पञ्जिकाधिकारीकोमा गई दर्ता गराउने र प्रमाणपत्र लिने कार्यलाई व्यक्तिगत घटना दर्ता भनिन्छ ।
२. व्यक्तिगत घटना दर्ता गर्नु जरुरी छ छैन ?
उत्तर: जरुरी छ । व्यक्तिले राज्यबाट पाउने सेवा सुविधा र हक स्थापनाका गर्न कानून बमोजिम गर्ने व्यवहारका लागि व्यक्तिगत घटना दर्ताका प्रमाणपत्र जरुरी हुन्छ ।
३. व्यक्तिगत घटना दर्ता कहाँ गरिन्छ ?
उत्तर: सम्बन्धित व्यक्ति स्थायी बसोबास गरेको गाउँ विकास समिति वा नगरपालिका ।
४. व्यक्तिगत घटना कसले गर्दछ ?
उत्तर: स्थानीय पञ्जिकाधिकारीले ।
५. स्थानीय पञ्जिकाधिकारी कसलाई भनिन्छ ?
उत्तर: (क) नगरपालिकाहरुका हकमा वडा सचिव र वडा सचिव नभएको अवस्थामा पञ्जिकाधिकारी (रजिस्ट्रार) को सहमतिमा नगरपालिकाको सचिवले तोकेको स्थानीय निकायको कर्मचारी,
(ख) गाउँ विकास समितिको हकमा गाविस सचिव र गाविस सचिव नभएको अवस्थामा पञ्जिकाधिकारी (रजिस्ट्रार) ले तोकिदिएको स्थानीय निकायको कर्मचारी |

६. व्यक्तिगत घटना दर्ताको लागि सूचक को हुन्छ ?

उत्तरः व्यक्तिगत घटना दर्ताको लागि देहाय बमोजीमका सूचक हुन सक्दछन् ।

जन्म

- बुवा–आमा, बाजे वा परिवारको मुख्य व्यक्ति र निजको अनुपस्थितिमा परिवारको उमेर पुगेको व्यक्ति,

- धर्मपुत्र पुत्रीको जन्म दर्ता गर्न कानून बमोजिम पारित लिखत समेत राखी धर्मपुत्र वा धर्मपुत्री राख्ने बाबु वा आमाले,

- बाबु आमा र वंशजतर्फ कोही पनि नभएकाको हकमा सम्बन्धित वडा सदस्यको सिफारिशको आधारमा सम्बन्धित गाविसको अध्यक्ष वा उपाध्यक्ष र निजहरुको पद रिक्त भएको अवस्थामा गाविस सचिव र नगरपालिकाको क्षेत्रभित्रको व्यक्तिको हकमा सम्बन्धित वडा सदस्यको सिफारिशको आधारमा सम्बन्धित नगरपालिकाको प्रमुख वा उपप्रमुख र निजहरुको पद रिक्त भएको अवस्थामा सम्बन्धित वडा सचिवको सिफारिशको आधारमा कार्यकारी अधिकृत र वडा सचिवको व्यवस्था नभएको नगरपालिकाको हकमा कार्यकारी अधिकृत ।