FAQs Complain Problems

समाचार

हाम्रो बारेमा

नेपालको लुम्बिनी प्रदेश को बर्दिया जिल्लामा पर्ने यो बारबर्दिया नगरपालिका नेपाल सरकारको मिति २०७३ साल फाल्गुन २७ गतेको निर्णयानुसार गठन भएको नगरपालिका हो । साविक बानियाभार, पदनाहा, मगरागाडी र धधवार सहित ४ गाविस समाहित गरि यो नगरपालिकाको निर्माण भएको हो । यस नगरपालिकामा जम्मा ११ वटा वडाहरु छन् । बारबर्दिया नगरपालिका बर्दिया जिल्लाको मध्य भागमा २८ डिग्री २६ मिनेट देखि २८ डिग्री ३६ मिनेट उतर आक्षांश सम्म र ८१ डिग्री ३० मिनेट देखि ८१ डिग्री ५० मिनेट उतर देशान्तर सम्ममा अवस्थित रहेको छ । यस नगरपालिकाकाे सिमाना पूर्वमा बाँसगढी नगरपालिका, पश्चिममा मधुवन नगरपालिका, उत्तरमा बर्दिया राष्ट्रिय निकुञ्ज र ठाकुरबाबा नगरपालिका तथा दक्षिणमा गुलरिया नगरपालिका रहेको छ । यस नगरपालिकाको घरधुरी संख्या १६८९७ र  कुल जनसंख्या ७२५३३ रहेको छ जसमा ३४१२६ पुरुष तथा ३८४०७ महिला रहेका छन ।श्रोतः राष्ट्रिय जनगणना २०७८ । यो नगरपालिका २२६.०९ वर्ग किमी क्षेत्रमा फैलिएको छ भने यसको उचाई समुन्द्री सतहदेखि करिव १७५ मिटरमा  रहेको छ । उत्तरमा केहि चुरे क्षेत्र र दक्षिणमा तराई रहेको यस नगरपालिकाको अन्य विष्तृत विवरण देहाय अनुसार रहेको छ ।

वडा विभाजनः

क्र.स.

न.पा.को वडा नं.

साविक गा.वि.स. का वडाहरु

वडाको जनसंख्या

साविक गाविस वा नपाको नाम

वडा नं.

बनियाभार

१,२

६१७१

बनियाभार

३,४,५

५५७७

बनियाभार

६,७,८,९

७१०७

पदनाहा

१,२,५,६,७,८,९

६९०३

 

 

पदनाहा

३,४

५७५४

मगरागडी

१,३

मगरागडी

२,४

६४६०

मगरागडी

५,६,७,८

६५१३

मगरागडी

६३०३

धधवार

२,७

धधवार

३,६

७६६७

१०

१०

धधवार

१,४,९

८०६२

११

११

धधवार

५,८

६०१६

   

जम्मा

 

७२,५३३