FAQs Complain Problems

समाचार

असाहाय बालबालिका संरक्षण केन्द्रमा रहेका बालबालिकाहरु ।

Read More

देशको चर्चामा रहेको जब्दीघाटको पुल

Read More

अनिवार्य आधारभूत शिक्षा सुनिश्चितता घोषणा

Read More

कार्यक्रममा राष्ट्रिय गानको सम्मानमा विद्यार्थी भाईबहिनीहरु

Read More

पर्यटकीयस्थल सत्खलुवा तालमा रमाउदै पर्यटकहरु

Read More

हाम्रो बारेमा

नेपालको लुम्बिनी प्रदेश को बर्दिया जिल्लामा पर्ने यो बारबर्दिया नगरपालिका नेपाल सरकारको मिति २०७३ साल फाल्गुन २७ गतेको निर्णयानुसार गठन भएको नगरपालिका हो । साविक बानियाभार, पदनाहा, मगरागाडी र धधवार सहित ४ गाविस समाहित गरि यो नगरपालिकाको निर्माण भएको हो । यस नगरपालिकामा जम्मा ११ वटा वडाहरु छन् । बारबर्दिया नगरपालिका बर्दिया जिल्लाको मध्य भागमा २८ डिग्री २६ मिनेट देखि २८ डिग्री ३६ मिनेट उतर आक्षांश सम्म र ८१ डिग्री ३० मिनेट देखि ८१ डिग्री ५० मिनेट उतर देशान्तर सम्ममा अवस्थित रहेको छ ।यस नगरपालिकाकाे सिमाना पूर्वमा बाँसगढी नगरपालिका, पश्चिममा मधुवन नगरपालिका, उत्तरमा बर्दिया राष्ट्रिय निकुञ्ज र ठाकुरबाबा नगरपालिका तथा दक्षिणमा गुलरिया नगरपालिका रहेको छ । यस नगरपालिकाको घरधुरी संख्या १६८९७ र  कुल जनसंख्या ७२५३३ रहेको छ जसमा ३४१२६ पुरुष तथा ३८४०७ महिला रहेका छन ।श्रोतः राष्ट्रिय जनगणना २०७८ । यो नगरपालिका २२६.०९ वर्ग किमी क्षेत्रमा फैलिएको छ भने यसको उचाई समुन्द्री सतहदेखि करिव १७५ मिटरमा  रहेको छ । उत्तरमा केहि चुरे क्षेत्र र दक्षिणमा तराई रहेको यस नगरपालिकाको अन्य विष्तृत विवरण देहाय अनुसार रहेको छ ।

जन प्रतिनिधि

नगर प्रमुख
नगर उप प्रमुख
प्रवक्ता

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
सूचना अधिकारी

सेवाहरु

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सम्पूर्ण कागजात पूरा भए साेहि दिन
जिम्मेवार अधिकारीः- नगरपालिकाकाे इन्जिनियर
सेवा दिने कार्यालयः- बारबर्दिया नगरपालिकाकाे कार्यालय
सेवा शुल्कः- नगरपालिकाले ताेके बमाेजिम
आवश्यक कागजातहरुः-

(क)पुरानो घरको हकमा
१. घरधनीले पेश गर्ने कागजातहरु:-
१.१ ब्लु प्रिन्ट नक्सा १ प्रति
१.२ आ.व ०७३÷०७४ मा मालपोत बुझाएको रसिदको फोटो कपि १ प्रति
१.३ लालपुर्जाको फोटोकपि १ प्रति
१.४ नेपालि नागरिकताको फोटोकपि १ प्रति
१.५ एम.आर.पी.साईजको फोटो ४ प्रति
२. परामर्शदाताहरुले नक्सामा उल्लेख गर्नुपर्ने कामहरु:
२.१ नक्सापास किताबमा भर्नुपर्ने सम्पूर्ण कागजातमा स्पष्ट भर्नुपर्ने र परामर्शदाताको छाप र नेपाल इन्जिनियरिङ्ग काउनसिल दर्ता भएको नम्बर अनिबार्य रुपमा भर्नुपर्ने ।
२.२ लोकेशन प्लान अनिबार्य रुपमा बनाउनु पर्ने ।
२.३ साइट प्लान घरधनीले चारैतिर छोडेको जग्गाको दुरि, कित्ता नं. र सधियारको नाम स्पष्ट हुनेगरी उल्लेख गर्नु पर्ने ।
२.४चारैतिर को इलिभेसन  अनिवार्य रुपमा बनाउनु पर्ने
२.५ सेप्टिक ट्याँकी र सौचालयको प्लान र सेक्सन अनिवार्य रुपमा बनाउनु पर्ने यदि छैन भने बायोग्याँस लाई अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने ।
२.६ घरको प्लान अनिवार्य रुपमा बनाउनु पर्ने ।
(ख) नयाँ घरको हकमा :–
१.घर धनिले पेश गर्नुपर्ने कागजातहरु :–
१.१ ब्लु प्रिन्ट नक्सा १ प्रति
१.२ आ.व ०७३/०७४ मा मालपोत बुझाएको रसिदको फोटो कपि १ प्रति
१.३ लालपुर्जाको फोटोकपि १ प्रति
१.४ नेपालि नागरिकताको फोटोकपि १ प्रति
१.५ एम.आर.पी.साईजको फोटो ५ प्रति
१.६ न.पा. मा दर्ता भएको परामर्शदाता बाट बनाएको नक्सा २ प्रति ब्(घ पेपमा
१.७ सम्झौता पत्र घरधनि र परामर्शदाता बिचको १ प्रति

 

सेवा प्रकारः- भौतिक पूर्वाधार
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- योजना तथा अनुगमन शाखा प्रमुख
सेवा दिने कार्यालयः- नगर कार्यपालिका कार्यालय
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-

उपभोक्ता समितिले कार्यालयसंग सम्झौता गर्दा तपसिलमा उल्लिखित कागजातहरु पेश गर्नुपर्नेछ

(क) उपभोक्ता समिति गठन गर्ने आम भेलाको निर्णयको प्रतिलिपि

(ख) उपभोक्ता समितिका सदस्यहरुको नागरिकताको प्रतिलिपि

(ग) आयोजनाको लागत अनुमान विवरण

(घ) उपभोक्ता समितिबाट सम्झौताको लागि जिम्मेवार पदाधिकारी तोकिएको उपभोक्ता समितिको निर्णय

(ङ) आयोजनाको कार्यन्वयनको कार्यतालिका

(च) खाता संचालन गर्ने पदाधिकारी तोकिएको निर्णय र खाता संचालनको लागि आवश्यक कागजातहरु

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकधिकारी
सेवा दिने कार्यालयः- सम्बन्धित व्यक्ति स्थायी बसोबास गरेको वडा कार्यालय
सेवा शुल्कः- जन्मेको ३५ दिन भित्र नि:शुल्क त्यसपछि ५० रुपैया
आवश्यक कागजातहरुः-

- बाबु वा आमाको नागरिकताको प्रतिलिपि
- स्वास्थ्य संस्था/ अस्पतालमा जन्म भएको भए उक्त संस्थाबाट जारी जन्म प्रतिवेदन
- घरमा जन्म भएको भए पछिल्लो खोप दिएको प्रमाण
- अस्पताल वा खोपको प्रमाण नभएमा जन्म दर्ता गर्नुपर्ने व्यक्ति स्वयम्लाई उपस्थित गराउने वा सम्बन्धित वडाबाट जन्म दर्ता गर्नुपर्ने व्यक्तिको जन्म प्रमाणित गरेको कागज
- बिदेशी भएमा बाबु, आमाको राहदानीको प्रमाणपत्रको प्रतिलिपि तथा सम्बन्धित स्थानीय तहको वडामा बासोबास रहेको प्रमाण
- भारतीय भएमा भारतीय नागरिक पहिचान खुल्ने प्रमाण
- बाबु बेपता वा ठेगाना थाहा नभएको भए सो सम्बन्धमा प्रहरीको पत्र

जानकारी