FAQs Complain Problems

समाचार

बाल दिवसको अवसरमा यस नगरपालिकाले गरेको कार्यक्रमहरु ।

बारबर्दियाले बाल दिवसमा कविता र बक्तृत्व प्रतियोगिता गर्यो

 
ShareThis Google + Facebook Tweet LinkedIn Pinterest Email
 

बारबर्दियाले बाल दिवसमा कविता र बक्तृत्व प्रतियोगिता गर्यो

 
शुक्रबार भदौ २९ , २०७५

 

बारबर्दिया, भाद्र २९ गते
बारबर्दिया नगरपालिकाले २९ औ राष्ट्रिय बाल दिवसको अवसरमा माबि स्तरीय कविता प्रतियोगिता र निमावि स्तरीय बक्तृत्व कला प्रतियोगिता कार्यक्रम गरेको छ । नगरपालिकाको वडा नम्बर ५ मा रहेको पाञ्चजन्य माध्यमिक बिद्यालयमा पद्नाहामा दिवसको अबसरमा सो प्रतियोगिता कार्यक्रम गरीएको हो ।

Image may contain: 4 people, people sitting

सुखि नेपाली सम्बृद्ध नेपाल, बाल अधिकार सबैको सरोकार भन्ने नाराका साथ भएको कविता प्रतियोगितामा प्रथम आरती थारु, दृतीय पुर्णिमा चौधरी तृतीय प्रबिन बिक र सान्त्वना ज्योती शर्मा हुनु भएको छ । बिजेता प्रथम, दृतीय, तृतीय र सान्त्वनालाई क्रमशः रु ५, ४, ३ र २ हजार नगद सहित प्रमाण पत्र पनि प्रदान गरीएको छ । कविता प्रतियोगितामा १२ सामुदायिक र २ संस्थागत बिद्यालयका ८ छात्रा र ६ छात्र गरी १४ जनाले प्रतिस्पर्धा गर्नु भएको थियो ।

Image may contain: 4 people, crowd and outdoor

यसैगरी निमाबि स्तरीय बक्तृत्वकला प्रतियोगिता बिद्यालय छोड्ने बालबिबाहले सृजना गर्छ भन्ने बिषयकमा भएको छ । उक्त बक्तृत्व प्रतियोगितामा प्रथम मन बिक, दृतीय सरोज थारु र तृतीय यूवराज थारु हुनु भएको बारबर्दिया नगरप्रबक्ता दुर्गाबहादुर बिश्वकर्माले जानकारी गराउनु भएको हो । बक्तृत्व प्रतियोगिताका बिजेताहरुलाई पुरस्कार स्वरुप स्टेशनरी समानहरु दिईएको छ ।
प्रतियोगिता कार्यक्रमका प्रमुख अतिथि प्रदेश नम्बर ५का प्रदेश सभासदस्य तीलकराम शर्मा, अतिथि नगरउपप्रमुख अञ्जु दहित, निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद ढकाल, शिक्षा शाखा अधिकृत टिकानाथ गोसाईलगाएत रहनु भएको थियो । नगरप्रमुखको सभापतित्वमा भएको कार्यक्रममा स्वागत उपप्रमुख अञ्जु दहितले स्वागत गर्नु भएको थियो भने कार्यक्रमको संचालन स्रोत व्याक्ति प्रमोद तिमिल्सिनाले गर्नु भएको थियो ।

Image may contain: 6 people, people on stage

यसैगरी भर्ना अभियानको बेला गत बैशाखमा नगरप्रमुखले पाञ्चजन्य माबिको कक्षा ७ मा अध्ययनरथ पुर्णिमा छिनालको अभिभाबकत्व गर्नु भएको थियो । उहाँले बाल दिवसको अवसरमा व्यक्तिगत रु ५ हजार बराबरको शैक्षिक सामाग्री(डे«स, झोला, कापी, कलम आदी) प्रदान गर्नु भएको छ ।  

आर्थिक वर्ष: