FAQs Complain Problems

अनिवार्य आधारभूत शिक्षा सुनिश्चितता भएको नगर घोषणा २०७५

photo

बारबर्दिया नगरपालिका अनिवार्य आधारभूत शिक्षा सुनिश्चितता भएको घोषणा गर्ने नेपालकै पहिलो स्थानीय तह बनेको छ । मिति २०७५ असार २८ गते बिहीबारको दिन जयनगर बर्दियाको श्री अंशुवर्मा मा.वि.मा आयोजित घोषणा कार्यक्रममा नेपाल सरकारको शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री माननीय श्री गिरीराजमणि पोखरेल ज्युको प्रमुख आतिथ्यतामा सु-सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य, जिल्ला समन्वय समितिका पदाधिकारी, बर्दिया जिल्ला भित्रका स्थानीय तह का पदाधिकारी, संघ संस्थाका प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, अभिभावक, पत्रकार, समाजसेवी, बुद्धिजीवी, विद्यार्थी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो । नेपालमै पहिलो हुने यस अवसर सिर्जना गर्नमा आफ्नो महत्वपूर्ण योगदान दिनुहुने सम्पूर्णलाई नगरपालिकाको तर्फ बाट धन्यबाद । अरु क्षेत्रमा पनि यसैगरी नेपालमै नमुना नगरपालिका बनाउन सहयोगको अपेक्षा रख्ब्छ । धन्यवाद

आर्थिक वर्ष: