समाचार
मिति २०८३/०२/०९ गते शनिबारको दिन बारबर्दिया नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग साथै थारु महिला उत्थान केन्द्र बर्दियाको सहजीकरणमा सञ्चालन भएको बारबर्दिया कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशिलता साझेदारी परियोजनाको स्वीकृत
“जनतासँग मेयर कार्यक्रम”
आज मिति २०८३/०२/०९ गते शनिबारको दिन बारबर्दिया नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग साथै थारु महिला उत्थान केन्द्र बर्दियाको सहजीकरणमा सञ्चालन भएको बारबर्दिया कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशिलता साझेदारी परियोजनाको स्वीकृत कार्यक्रम अनुसार १. इलेक्ट्रिक चाफ कटर मेसिन २२ थानमा (४३ % अनुदान) , सिचाई मोटर ७३ थान, कम्बाइन्ड फिड मिल १० थान र डिप फ्रिज १ थान ५० % अनुदानमा नगर प्रमुख श्री छविलाल थारु ज्यूको अध्यक्षतामा, नगर उपप्रमुख श्री रत्न कुमारी पाण्डे ज्यूको आतिथ्य, प्रमुख प्रशासकीय अधिकृत श्री गौतम भण्डारी ज्यूको आतिथ्य, सम्पुर्ण वडा अध्यक्ष , कार्यपालिका सदस्य, आर्थिक प्रशासन शाखा प्रमुख श्री राम बहादुर के.सी. , पशु सेवा शाखा प्रमुख एवम फोकल पर्सन श्री दिपक राज थापा, परियोजना र शाखाका कर्मचारी, बारबर्दिया सामाजिक उद्यमी महिला सहकारी र सम्पूर्ण स्वावलम्बी समुहका कृषकहरुको उपस्थितिमा वितरण कार्य सम्पन्न भयो ।








