FAQs Complain Problems

सामाजिक सुरक्षा सम्बन्धि प्राय सोधिने प्रश्नहरु

१. सामाजिक सुरक्षा भत्ता वितरण गर्ने सम्बन्धमा कुनै कानून लागू भएको छ ?

उत्तरः सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रमलाई ब्यवस्थित बनाउनको लागि सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि जारी गरी सोही अनुसार यो कार्यक्रम सञ्चालन भइ रहेको

२. भत्ता पाउने व्यक्तिको उमेर गणना गर्दा के लाई आधार मानिन्छ ?

उत्तरः नेपाली नागरिकताको प्रमाणपत्रको उमेरलाई आधार लिइनेछ ।

३. नागरिकतामा जन्मेको साल र महिना खुलेको तर गते नखुलेको अवस्थामा केलाई आधार मानिन्छ ?

उत्तरः जन्मिएको साल र महिना खुलेको तर गते नखुलेको भए उल्लिखित महिनाको मसान्त र सालमात्र खुलेको वा उमेर मात्र उल्लेख भएको भए सम्बन्धित वर्ष(साल) को चैत्र मसान्तलाई आधार मानी जन्म मिति गणना गरिनेछ ।

४. बाल संरक्षण अनुदान प्राप्त गर्नेको हकमा उमेरको गणनाको लागि केलाई आधार मानिन्छ ?

उत्तरः जन्म दर्ता प्रमाणपत्र ।