FAQs Complain Problems

समाचार

घर नक्शा दर्ता तथा पास

सेवा प्रकार:

लाग्ने समय: 
सम्पूर्ण कागजात पूरा भए साेहि दिन
जिम्मेवार अधिकारी: 
नगरपालिकाकाे इन्जिनियर
सेवा दिने कार्यालय: 
बारबर्दिया नगरपालिकाकाे कार्यालय
सेवा शुल्क: 
नगरपालिकाले ताेके बमाेजिम
आवश्यक कागजातहरु: 

(क)पुरानो घरको हकमा
१. घरधनीले पेश गर्ने कागजातहरु:-
१.१ ब्लु प्रिन्ट नक्सा १ प्रति
१.२ आ.व ०७३÷०७४ मा मालपोत बुझाएको रसिदको फोटो कपि १ प्रति
१.३ लालपुर्जाको फोटोकपि १ प्रति
१.४ नेपालि नागरिकताको फोटोकपि १ प्रति
१.५ एम.आर.पी.साईजको फोटो ४ प्रति
२. परामर्शदाताहरुले नक्सामा उल्लेख गर्नुपर्ने कामहरु:
२.१ नक्सापास किताबमा भर्नुपर्ने सम्पूर्ण कागजातमा स्पष्ट भर्नुपर्ने र परामर्शदाताको छाप र नेपाल इन्जिनियरिङ्ग काउनसिल दर्ता भएको नम्बर अनिबार्य रुपमा भर्नुपर्ने ।
२.२ लोकेशन प्लान अनिबार्य रुपमा बनाउनु पर्ने ।
२.३ साइट प्लान घरधनीले चारैतिर छोडेको जग्गाको दुरि, कित्ता नं. र सधियारको नाम स्पष्ट हुनेगरी उल्लेख गर्नु पर्ने ।
२.४चारैतिर को इलिभेसन  अनिवार्य रुपमा बनाउनु पर्ने
२.५ सेप्टिक ट्याँकी र सौचालयको प्लान र सेक्सन अनिवार्य रुपमा बनाउनु पर्ने यदि छैन भने बायोग्याँस लाई अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने ।
२.६ घरको प्लान अनिवार्य रुपमा बनाउनु पर्ने ।
(ख) नयाँ घरको हकमा :–
१.घर धनिले पेश गर्नुपर्ने कागजातहरु :–
१.१ ब्लु प्रिन्ट नक्सा १ प्रति
१.२ आ.व ०७३/०७४ मा मालपोत बुझाएको रसिदको फोटो कपि १ प्रति
१.३ लालपुर्जाको फोटोकपि १ प्रति
१.४ नेपालि नागरिकताको फोटोकपि १ प्रति
१.५ एम.आर.पी.साईजको फोटो ५ प्रति
१.६ न.पा. मा दर्ता भएको परामर्शदाता बाट बनाएको नक्सा २ प्रति ब्(घ पेपमा
१.७ सम्झौता पत्र घरधनि र परामर्शदाता बिचको १ प्रति

 

प्रक्रिया: 

१.नक्साहरु A-3(२९७८४२०) साईजमा र १ः१०० (१=८") वा १ः५० (१=४") स्केलमा हुनु पर्दछ ।
२. नक्सामा प्रत्येक तलाहरुको प्लान, सबै मोहोडाहरुको इलिभेशन, सबैभन्दा अग्लो भागमा काटेको पुरै सेक्सनल इलिभेसन, साइट प्लान र लोकेशन प्लान समेत हुनुपर्छ । मोहोडाको इलिभेसन जथाभावी फर्केको हुनुहुदैन ।
३. प्लानमा वाल टु वाल डाइमेन्सन्स र कोठाहरुको साईज देखाउनुपर्छ । सेक्सनको डाइमेन्सन लेभल दिनुपर्छ ।
४. साइट प्लानमा जग्गा र निर्माण कार्यको लम्बाई, चौडाईको साथै जोडिएको बाटोहरु –चौडाइ उल्लेख भएको) सधियार हरुको नाम, कित्ता नं. देखाउनु पर्दछ । साथै अगाडी बाटोको बीचबाट निर्माण कार्यको अगाडीसम्मको दुरी पनि उल्लेख गर्नुपर्नेछ ।
५. लोकेशन प्लानमा उल्लेखित जग्गामा सजिलै पुग्ने गरी मुख्य सडकसँगको कनेक्सनसँग देखिने गरी जाने बाटोको नाम सहित बिना स्केलमा उत्तरदिशा माथि देखाएर टोपोग्राफिक नक्शा बनाउनु पर्छ ।
६. नक्शामा शौचालय र बाथरुम देखाएको हुनु पर्नेछ ।
७. पेश गरेको प्रत्येक नक्शामा घर जग्गाधनी र डिजाइनकर्ताले नाप नक्शा ठीक छ भनि स्पष्ट नाम लेख्नु तथा सही गर्नु अनिवार्य छ । साथै कन्सल्टिङ्ग फर्मको न.पा. सूची नम्बर समेत उल्लेख गर्नुपर्नेछ ।
८. सडकतर्फको राइट अफ वे भित्र सेट सेफ्टिक टैंक वा पानीको अण्डरग्राउण्ड टैक वा अन्य निर्माण कार्य गर्न पाइने छैन ।
९.हाइटेन्सन भएको ठाउँमा भवन निमार्ण गर्दा विद्युत प्राधिकरणले समय–समयमा तोकेको नियमाअनुसार नै भवन निर्माण वा तला थप गर्नु पर्नेछ ।
१०. स्वीकृत नक्शामा फेरबदल गरी निर्माण कार्य चालु राख्न परेमा सम्बन्धित घरधनीले फेरबदल गर्न खोजे अनुसार पुनःनक्शातयार गरी यस नगरपालिकामा स्वीकृतको लागि पेस गनुर्् पर्नेछ र स्वीकृत भए अनुसार मात्र निर्माण कार्य सम्पन्न गर्नु पर्नेछ ।
११. निर्माण कार्य सम्पन्न भएपछि भौतिक सुविधाहरु (धारा) विजुली, टेलिफोन आदि जडान गर्नका लागि उपभोगको प्रमाण–पत्र लिन अनिवार्य भएकोले माथि उल्लेख गरिएअनुसार नक्शा नबनाएमा उपारोक्त अनुसार भौतिक सुविधा प्राप्तिका  लागि न.पा. वाट सिफारिस गरिने छैन तथा कुनै पनि समय भत्काउन कार्वाही हुनेछ ।
१२. भवन निर्माण गर्दा भुइदेखि सिलिङ्ग सम्मको उचाई कम्तीमा १० फिट, भवनको उचाई बढिमा ५० फिट तथा अधिकतम तला संख्या ५ (पाँच) हुनु पर्ने र भवनको डिटेल स्टृक्चरल  समेत पेश गरी स्वीकृत गराउनु पर्नेछ । अण्डर ग्राउण्ड तला बनाउनुपर्ने भएमा साँ–सँधियारको मन्जुरीनामा सहित डिटेल स्ट्रक्चरल डिजाइन समेत पेश गरी स्वीकृत गराउनु पर्नेछ ।
१३. नक्शा तयार गर्दा आफ्नो घरबाट निस्कने फोहरमैलालाई कम्पोष्ट मल बनाउन पिट समेत बनाउनु पर्नेछ तथा कागज, प्लाष्टिक आदि जलाउने व्यवस्थाका लागि सुलभ चुलो निर्माण समेत गर्नु पर्नेछ ।
१४.सडक किनारा बनाउने घरहरुको नक्शा तयार गर्दा राजमार्गको हकमा सडक विभागले तोकेको अनुसार तथा नयाँ खोलिने बाटोहरुको अनिवार्य रुपमा न.पा. ले तोकेको मापदण्ड भित्र रहि बनाउनु पर्नेछ ।
१५. सडक गल्लीतर्फ बाहेकसँग जोडिएको घर जग्गातर्फ झ्याल ढोका आदि राख्नुपरेमा कम्तिमा ३ (तीन) फिट जग्गा छोडेर मात्र नक्शा बनाउनु पर्नेछ ।
१६. संधियारले साक्षी बन्न नमानेमा कारण सहित न.पा. कार्यालयमा सर्जमिन भएको मितिले भोलि पल्ट सम्म दरखास्त दिनु पर्नेछ । र सोको निर्णय न.पा. ले तिन दिन भित्र दिइने छ ।
१७. बारबर्दिया नगरपालिकाले तोकेको नक्सा पास तथा निमार्ण इजाजत प्रकृया अनुसार नक्सा पास तथा निर्माण इजाजत प्रदान गरिनेछ । साथै यस सम्बन्धि विस्तृत विवरणको जानकारी नक्सा उपशाखाबाट लिन सकिने छ ।
१८. नक्शा पास तथा निर्माण इजाजत दस्तुरको बारेमा नक्शा उपशाखाबाट जानकारी लिन सकिने छ ।
१९. नक्शाका निवेदन तथा नक्शा बनाउन दुवै हस्ताक्षर गर्नु पर्नेछ ।
२०. निवेदन फारम पूर्ण रुपमा भरिएको हुनु पर्नेछ ।
२१. नक्साको अक्षर वा अंकहरु केरमेर गरिएको वा टिपेक्स लगाएको हुनु हुदैन ।
२२. भवन तथा योजना मापदण्डलाई पूर्णातया पालना गरी नक्सा बनाइएको हुनपर्नेछ । अन्यथा नक्सा पास तथा निर्माण इजाजतको लागि कारवाही गरिने छैन ।
२३. नक्सा पास भएपछि सो नक्साको एक प्रति निर्माण कार्य हुने स्थलमा अनिवार्य रुपमा राख्नु पर्नेछ र नगर विकास समिति वा सम्बन्धित नगरपालिकाबाट जाँच गर्न आएका देखाउनु पर्नेछ ।
२४. विधिवत नक्सा पास भएपछि मात्र निर्माण कार्य सुरु गर्न पाइने छ । अन्यथा जरिवाना गरिने छ । निर्माण कार्य गर्दा भवन तथा योजना मापदण्ड पालना गनुपर्ने शर्तहरु एवम् ईजाजत पत्र सम्वन्धी जानकारीहरु हासिल गरी सो को पालन गर्नुपर्नेछ । पास भएको नक्सा विपरित निर्माण गरेमा साविक बमोजिम पाउने भौतिक सुविधाबाट बञ्चित गर्न सकिने छ र कुनै पनि समयमा दण्ड जरिवाना एवं भत्काउन कावाही हुनेछ ।
२५. विधिवत नक्सा पास भएपछि सो मितिले २ वर्ष भित्रमा निमार्ण कार्य सम्पन्न गरिसक्नु पर्नेछ । सो समयावधि पछि पटक पटकको निमित्त मात्र पुनः २ वर्षको लागिनक्सा तथा निर्माण ईजाजत नविकरण गर्न सकिनेछ । तर त्यसपछिको लागि भने पुनः नक्सा बनाई नक्सा पास तथा निर्माण ईजाजत लिनु पर्नेछ ।
२६. नगरपालिकाबाट इजाजत प्राप्त गरेको प्राविधिकबाट अनिवार्य रुपमा भवनको ले–आउटका साथै विभिन्न चरणमा सुपरिवेक्षण गराउनु पर्नेछ ।
२७. निर्माण कार्य सम्पन्न भई उक्त घरको प्रयोग गर्नु अघि निर्माण कार्य सम्पन्न भएको फारम भरी नगरपालिका कार्यालयमा निवेदन दिई प्रमाणपत्र लिएपछि मात्र भवन उपभोग गर्न पाइने छ ।
२८. नक्सा पास तथा निर्माण इजाजत फारममा स्पष्ट नभएका कुराहरुको सन्दर्भमा नक्सा उपशाखाबाट तथा अन्य सम्बधित शाखाबाट जानकारी लिन सकिने छ ।
२९.नक्सा पास गर्दा लाग्ने राजश्वको २५५ (प्रतिशत) रकम धरौति राख्नु पर्नेछ ।  
३०. धरौटि रकम फिर्टा लिन निर्माण कार्य सम्पन्न प्रमाणपत्र अनिवार्य रुपमा लिनु पर्नेछ ।