समाचार
"बालविवाहको अन्त्य, समृद्ध समाजको गन्तब्य"
"बालविवाहको अन्त्य, समृद्ध समाजको गन्तब्य" भन्ने मूल नाराका साथ बारबर्दिया नगरपालिका वडा नं. ५ बालविवाह मुक्त घोषणा कार्यक्रम
यस बारबर्दिया नगरपालिका वडा नं. ५ को आयोजना तथा PLAN INTERNATIONAL NEPAL ,BEE GROUP र राधा कृष्ण थारु जनसेवा केन्द्र बर्दियाको सहकार्यमा मिति २०८१/०९/०४ गतेका दिन वडा नं. ५ का वडा अध्यक्ष श्री लाल बहादुर थारु चौधरी ज्यूको अध्यक्षतामा तथा लुम्बिनी प्रदेश सभा सदस्य माननीय श्री राज कुमार थारु ज्यूको प्रमुख अतिथ्यतामा, विशिष्ट अतिथि बारबर्दिया नगरपालिकाका मेयर श्री छविलाल थारु, यसै नगरपालिकाका सम्पूर्ण वडा अध्यक्षज्यूहरु एवम् बुद्धिजीवी,समाजसेवी,गाउँटोल बडघर लगायतका विभिन्न अथितिगणहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न गरियो ।