समाचार
आ.व. २०८२/०८३ सार्वजनिक सुनुवाई कार्यक्रम
आज मिति २०८३/०४/२८ गतेका दिन सार्वजनिक सुनुवाई कार्यक्रम नगर प्रमुख श्री छविलाल थारु ज्यूको अध्यक्षता, राजनितिक दल, जनप्रतिनिधि, वडघर, महिला सञ्जाल,महिला स्वयम सेविका, शिक्षक, कृषक, जेष्ठ नागरिक, सरोकारवाला, सर्व-साधारण, राष्ट्र सेवक कर्मचारीको सहभागितामा सम्पन्न भयो ।उक्त कार्यक्रममा उठेका जिज्ञाशा र प्रश्नको जवाफ नगर प्रमुख र अन्य सेवा प्रदायकले दिनुभएको थियो भने आ.व. २०८२/०८३ को कार्य प्रगति प्रमुख प्रशासकीय अधिकृत श्री गौतम भण्डारी ज्यूले प्रस्तुत गर्नु भएको थियाे । उक्त कार्यक्रमको सञ्चालन संचार मिडिया नेटवर्क बर्दिया प्रा.लि.ले सञ्चालन गरेको थियो ।
