समाचार
किशोरीहरुको रक्त्तअल्पदा परिक्षण तथा ब्यवस्थापन कार्यक्रम वडा नं १ को सरस्वती मा वि जमुनिया र वडा नं १० को जनसेवा मा वि बैदीमा
बारबर्दिया नगरपालिका र स्वास्थ्य कार्यालय बर्दियाको आयोजनामा सामुदायिक विद्यालय अध्ययनरत किशोरीहरुको रक्त्तअल्पदा परिक्षण तथा ब्यवस्थापन कार्यक्रम वडा नं १ को सरस्वती मा वि जमुनिया र वडा नं १० को जनसेवा मा वि बैदीमा सम्पन्न भएको छ।रगत परिक्षण गर्दा किशोरीहरुमा रक्त्तअल्पदाको अवस्था गम्भिर जनस्वास्थ्य समस्या(Severe Public Health Problem) को रुपमा देखिएको छ। किशोरीहरुमा देखिएको यो समस्याले गर्दा जीवनचक्रमा नै असर गर्ने र यसको समाधान नभएसम्म पोषण तथा स्वास्थ्य अवस्था र शैक्षिक तथा बौद्बिक अवस्थामा सुधार हुन नसक्ने अवस्था रहेको छ। यसलाई समाधानका लागी Multisectoral Approach को आवश्यकता पर्ने भएकोले सबैले आआफ्नो क्षेत्रबाट सहयोग र committed हुन जरुरी छ।