समाचार
नगरबासीलाई स्वास्थ्य विमा बारे अभिमुखीकरण तथा सचेतना
तपाईको स्वास्थ्य हाम्रो अठोट भन्ने मुल नाराका साथ आम नगरबासीलाई स्वास्थ्य विमा बारे अभिमुखीकरण तथा सचेतना गराई धेरै भन्दा धेरै नागरिकलाई विमित गर्ने र स्वास्थ्य उपचारमा खल्तीबाट हुने खर्च (Out of Pocket Expenditure) लाई न्युनिकरण गरि वित्तिय जोखिम कम गर्ने उदेश्यका साथ क्रमश वडा नं ८ ,वडा नं ९ र , वडा नं ६ मा कार्यक्रम सम्पन्न गरिएको छ। यो संगै ११ वटै वडामा यो कार्यक्रम सम्पन्न भएकोछ। कार्यक्रम सम्पन् गर्न सहयोग गर्ने सबै प्रति बारबर्दिया नगरपालिका आभार सहित धन्यवाद ज्ञापन गर्दछ।स्वास्थ्य विमा अनिवार्य गरोँ ।