समाचार
बारबर्दिया नगरपालिकामा PRAYAS-II तथा सिकाइ सुधार (SIKAI Sudhar) परियोजनाअन्तर्गत आयोजना गरिएको परियोजना प्रारम्भ (Project Inception)
आज बारबर्दिया नगरपालिकामा PRAYAS-II तथा सिकाइ सुधार (SIKAI Sudhar) परियोजनाअन्तर्गत आयोजना गरिएको परियोजना प्रारम्भ (Project Inception) तथा समन्वय बैठक सफलतापूर्वक सम्पन्न भएको छ। यस बैठकमार्फत परियोजनाको औपचारिक रूपमा नगरपालिका स्तरमा सुरुवात गरिएको हो।
उक्त कार्यक्रम नगर उप-प्रमुख रत्ना कुमारी पाण्डे ज्यूको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारी ज्यू, वडा अध्यक्ष ज्यूहरू , स्थानीय तहका शाखा प्रमुख ज्यूहरू, पत्रकारहरू, BEE Group का अध्यक्ष तथा कार्यकारी निर्देशक, परियोजना टिम सदस्यहरू तथा RKJS PC लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमको सहजीकरण PRAYAS-II का परियोजना अधिकृत जलायल बीकेले गर्नुभएको थियो। बैठकको क्रममा BEE Group का कार्यकारी निर्देशकले स्वागत मन्तव्य व्यक्त गर्दै बैठकका उद्देश्यहरू प्रस्तुत गर्नुभयो। साथै, परियोजना प्रमुखद्वारा दुवै परियोजनाको योजना तथा कार्यान्वयन रणनीतिबारे विस्तृत छलफल गरिएको थियो।
उक्त कार्यक्रममा सहभागी सम्पूर्ण महानुभावहरूलाई उहाँहरूको बहुमूल्य समय र महत्वपूर्ण योगदानका लागि हार्दिक धन्यवाद व्यक्त गर्दछौं।


