समाचार
बारबर्दिया नगरपालिका वडा नं ११ बेलभारमा १ दिने नि:शुल्क पशु स्वास्थ्य शिविर
२०८२-०८-१६ गते बारबर्दिया नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोग साथै थारु महिला उत्थान केन्द्रको सहजीकरणमा सञ्चालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता साझेदारी परियोजनाद्वारा बारबर्दिया नगरपालिका वडा नं ११ बेलभारमा १ दिने नि:शुल्क पशु स्वास्थ्य शिविर आर्थिक विकास समिति संयोजक श्री राम फेरन थारु ज्यूको अध्यक्षता, बारबर्दिया नगरपालिकाका नगर प्रमुख श्री छविलाल थारु ज्यूको प्रमुख आतिथ्य,प्रमुख प्रशासकीय अधिकृत श्री गौतम भण्डारी ज्यूको विशिष्ट आतिथ्य, वडा नं. ११ का वडा अध्यक्ष श्री विजय कुमार चौधरी ज्यू, विपद् व्यवस्थापन समिति संयोजक श्री पुष्कल बहादुर वि.क. ज्यू, पशु सेवा शाखा, हेफर प्रोजेक्ट नेपाल, थारु महिला उत्थान केन्द्रका कर्मचारी, कृषक समूहका सदस्यहरु र अन्य पशुपालक कृषकहरुको सहभागितामा उक्त शिविर सम्पन्न भयो।
उक्त शिविरमा २६८ जना कृषकको सहभागिता ,६४३ बाख्राको उपचार , १७९ गाई भैँसीको उपचार , ८५ बङ्गुरको उपचार , १४४७ कुखुराको उपचार साथै १३८ कृषकलाई प्राविधिक सरसल्लाह दिइएको थियो ।









