समाचार
भन्ने मुल नाराका साथ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस-२०८२
आज मिति २०८२/०८/१९ गतेका दिन बारबर्दिया नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा "स्वस्थ समुदायको निर्माण,महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको योगदान" भन्ने मुल नाराका साथ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस-२०८२ विभिन्न कार्यक्रम गरी सम्पन्न गरियो । कार्यक्रममा प्रभातफेरी कार्यक्रम बाट शुभारम्भ गरी बजार परिक्रमा गरि Rally सम्पन्न गरिएको थियो। सोहि अवसरमा ११ वटा वडाबाट २२ जनालाई नगद, दोसल्ला र प्रमाणपत्रसहित सम्मानित गरियो भने १३० जनालाई उहाँहरुको निस्वार्थ कार्यको उच्च कदर गर्दै नगरपालिकाले झोला ,छाता र टर्च समेत वितरण गरेको छ। समुदायको स्वास्थ्य प्रवर्द्धन, मातृ–शिशु स्वास्थ्य, पोषण, खोप, रोग नियन्त्रण तथा स्वास्थ्य शिक्षामा पुर्याउनुभएको अमूल्य योगदानका लागि सबै सम्मानित स्वयंसेविकाहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौँ। आजको विशेष दिनमा, समय दिई नगर प्रमुख ज्यू र प्रमुख प्रशासकिय अधिकृत ज्यूको समेत उपस्थिति रहेको थियो। कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल बनाउनु भएकोमा १३० जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका , स्वास्थ्यकर्मी लगायत सम्पुर्णमा हार्दिक धन्यवाद छ ।












