समाचार
मुल बडघरहरुलाई नगरपालिकाको लोगो इंकित छाता तथा झोला वितरण कार्यक्रम
मिति २०८२-०४-१६ गतेका दिन बारबर्दिया नगरपालिकाको आयोजनामा नगरपालिकाभित्र रहेका मुल बडघरहरुलाई नगरपालिकाको लोगो इंकित छाता तथा झोला वितरण कार्यक्रम नगर प्रमुख श्री छविलाल थारु ज्यूको अध्यक्षतामा कार्यक्रम सञ्चालन भई नगर प्रमुख,प्रमुख प्रशासकीय अधिकृत,वडा अध्यक्ष ज्यूहरु र सामाजिक विकास संयोजक श्री श्याम कुमारी चौधरी ज्यूको हातबाट ८० जनालाई छाता र झोला वितरण गरायो। उक्त कार्यक्रममा विशिष्ट अतिथि प्रमुख प्रशासकीय अधिकृत श्री टिकानाथ गोसाई,सम्पूर्ण जनप्रतिनिधि,आर्थिक प्रशासन शाखा प्रमुख श्री राम बहादुर के.सी., पशु सेवा शाखा प्रमुख श्री दिपक राज थापा,मुल वडघर, पत्रकारको सहभागिता रहेको थियो ।