समाचार
रक्तदान जिवनदान
“प्रत्येक स्वस्थ व्यक्तिले रक्तदान गर्नु सामाजिक दायित्व/ कर्तब्य हो भने निःशुल्क रगत पाउनु पिडितपक्षको नैसर्गिक अधिकार हो|"भन्ने मूल नाराका साथ
रक्तदान जिवनदान
रक्तसञ्चार सेवा केन्द्र समुद्घाटन तथा बृहत रक्तदान कार्यक्रम
यस बारबर्दिया नगरपालिकाको आयोजनामा बारबर्दिया नगर-अस्पतालमा मिति २०८१-०७-१३ गतेका दिन प्रमुख अतिथि- स्वास्थ्यामन्त्री माननिय खेम बहादुर सारु , रक्तसंचार सेवा केन्द्र समुद्घाटन तथा बृहत रक्तदान कार्यक्रमका अध्यक्ष-नगर प्रमुख छविलाल थारु, विशेष अतिथि-प्रदेशसभा सदस्य माननिय राज कुमार चौधरी ,अतिथि-नगर उप-प्रमुख रत्न कुमारी पाण्डे, अतिथि-प्रमुख प्रशासकीय अधिकृत-दिपक कुमार आचार्य, अतिथि -महाशाखा प्रमुख नीति,योजना तथा जनस्वास्थ्य महाशाखा,स्वास्थ्य मन्त्रालय लुम्बिनी प्रदेशका विनोद नारायण चौधरी लगायतका अतिथिगणबाट सम्पन्न गरियो । साथै रक्तदान कार्यक्रममा ९४ जना रक्तदाताले रक्तदान गर्नुभयो ।