FAQs Complain Problems

समाचार

सिकल सेल एनिमिया ब्रेक गर्ने अठोट बोकेका मेयर

http://सिक्कल सेल एनिमिया 'ब्रेक' गर्ने अठोट बोकेका 'थारु मेयर'सँग एकछिन्... २० हजार थारुमा सिक्कल सेल परीक्षण गरिँदै May 22, 2018 0By उद्धवराज भेटुवालब्लग What's This? 375 SHARES Download our app to get more features थारु समुदायले अभिशापकै रुपमा लिने रोग हो सिक्कल सेल एनिमिया । यो रोगले उक्त समुदायका प्रभावितहरुमा शारीरिक रुपले मात्र पीडा दिएको छैन । यसले रोग भएकाहरुको परिवारकै मानसिक, सामाजिक, आर्थिक पाटोमा पनि असर गरेको छ । असली धर्तिपुत्र भनिएपनि आदिवासी थारु समुदाय सदिऔंदेखि शोषण, अन्याय र असमानताको शिकार भयो । राजनीतिक परिवर्तनहरुले विस्तारै थारु समुदायलाई सशक्त बनाउँदै लगेको छ । जसरी बहुसंख्यक थारु लामो समयकालसम्म सीमान्तकृत रुपमा रहे त्यसरी नै सिक्कल सेल एनिमिया पनि सदिऔंदेखि बाई लागेको (भूत वा बान लागेको भनेजस्तै) भनेरै बुझियो । सिक्कल सेल एनिमिया पहिचान नहुँदा स्थानीय धामी झाँक्रीले गरिबका घरको धेरै कुखरा र बोका खाए । खास प्रसंग बर्दियाको बारबर्दिया नगरपालिकाको हो । जहाँ नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले अहिले बृहत रुपमा थारुहरुको रगत संकलन गरिरहेको छ । सिक्कल सेल एनिमिया र यसका विविध वंशाणुगत पक्षहरुमाथि अध्ययन गरेर रोग न्यूनिकरणको उपयुक्त नीति निर्माण गर्नभन्दै सरकारले उक्त नगरपालिकाको एकवर्ष उमेरदेखि २९ वर्षसम्मका मानिसको रगत संकलन गरेर प्रयोगशाला परीक्षण गरिरहेको छ । २० हजार नमुना संकलन गर्ने उद्देश्य सहित चलिरहेको कार्यक्रमको अवलोकन एवं समाचार संकलन गर्न अघिल्लो साता हामी उक्त नगरपालिकामा पुगेको थियौं । बर्दियाको सबैभन्दा कान्छो तर सबैभन्दा ठूलो भूभाग ओगटेको नगरपालिका रहेछ बारबर्दिया । ६८ हजार जनसंख्या रहेको बारबर्दियामा करिब ७५ प्रतिशत आदिबासी थारुको बसोबास छ । बर्दियाको टन्टलापुर घामका बीच हामी त्यहाँका जनप्रतिनिधिलाई भेट्न नगरपालिका पुग्यौं । दुर्गाबहादुर थारु 'कविर' त्यस नगरका प्रमुख रहेछन् । माओवादीका तर्फबाट नगरप्रमुख निर्वाचित कविर माओवादीको शसस्त्र विद्रोहकालदेखि नै सक्रिय रहेछन् । त्यस नगरको ११ वटा वडामध्ये ९ वटामा तत्कालिन माओवादी केन्द्रले जितेको रहेछ । देख्दैमा मिजासिला कविर वाचाल त छँदै थिए, उस्तै विनम्र पनि । उनको हाउभाउ र बोलिचालीमा देखिएको कन्फिडेन्स तारिफ गर्न लायक थियो । कुराकानीका क्रममा उनले विशेषतः सिक्कल सेल एनिमिया न्यूनिकरणमा गरिरहेको कार्यहरुको प्रगति र भावी योजना सुनाए । सिक्कलसेललाई 'ब्रेक' लगाउने तीन सुत्र मेयर कविरले सिक्कलसेललाई ब्रेक गर्न तीनथरी योजनाहरुमाथि काम गरिरहेका रहेछन् । माध्यमिक स्तरको पाठ्यक्रममा अनिवार्य सिक्कलसेल एनिमियाको आधारभूत जानकारी राखेर यही शैक्षिकसत्रबाट पढाई सुरु हुनलागेको उनले जनाए । कक्षा ९ को सामाजिक शिक्षामा सिक्कलसेलको जानकारी समेटिएको र शिक्षकहरुलाई पनि अभिमूमिकरण कार्यक्रमहरु थालिएको पाठ्यक्रमका मस्यौदाकार तथा सिक्कलसेल एनिमिया सोसाइटी नेपालका अध्यक्ष प्रभू चौधरीले बताए । यो तरिका अपनाउने बारबर्दिया पहिलो नगर बनेको छ । सिक्कलसेल एनिमिया र यसको जोखिमका बारेमा सामान्य जानकारी भए किशोरकिशोरी विवाह पूर्वै सचेत हुने भन्दै नगरले यो अभियान सुरु गरेको कविरले बताए । स्वास्थ्य अनुसन्धान परिषद्सँगको सहकार्यमा ६ वटा वडाको नमूना संकलन नेपाल स्वास्थ्य अनुसन्धान परिषदले बारबर्दिया गाउँपालिकाका ६ वटा वडा (१,२,३, ९, १०, ११ ) का १ देखि २९ वर्ष उमेर समुहका २० हजारको रगत परीक्षण गरिरहेको छ । यो अभियानले गर्दा स्थानीय थारु समुदायमा खुशी छरेको नगरप्रमुख कविरले बताए । उनले भने ‘यो अभियान भर्खरै सुरु भएको छ । यसलाई विस्तारै सबै वडामा विस्तार गरेर सबैको परीक्षण सुरु गर्छौंं ।’ स्थानीय मानिसमा सिक्कलसेलका बारेमा विस्तारै चेतनास्तर बढ्न थालेको उनले बताए । ‘यहाँका थारु समुदायलाई बल्ल सिक्कलसेल एनिमिया वंशानुगत रोग हो । यो रोग भएकाहरु बीच बिहावारी हुँदा बच्चा पनि रोगी नै जन्मन्छ भन्ने थाहा हुन थालेको छ ।’ उनले सुनाए । बारबर्दिया न.पा. वडा नं २ मा रगत संकलन गरिँदै परीक्षण गरिएकालाई ग्रीन, एल्लो र रेड कार्ड सिक्कल सेललाई ब्रेक लगाउन बारबर्दियाले रगत परीक्षण पश्चात सबैलाई कार्ड वितरण पनि सुरु गरेको छ । जस अनुसार अहिले परीक्षण भइरहेका र पहिला नै पहिचान भैसकेका बिरामीलाई वर्गिकृत गरिएको छ । जसअनुसार सिक्कलसेल प्रभावितलाई रातो कार्ड, आफु निरोगी तर वंशानुगत रुपमा बाहक हुनसक्नेलाई पँहेलो कार्ड र पूर्ण निरोगीलाई ग्रीन कार्ड दिने गरिन्छ । रातो कार्ड भएकाहरुले रातोसँग बिहे गर्न हुन्न । पहेंलो कार्डवाला सँग बिहे गर्दा बच्चामा सिक्कलसेल एनिमिया हुने सम्भावना २५ प्रतिशतमात्र रहन्छ । कार्डका कारणले अर्को पुस्तासम्म पुग्दा सिक्कलसेल पीडित घट्ने कविरको विश्वास छ । नगरमै सिक्कलसेलको अस्पताल बारबर्दियाका 'क्रान्तिकारी' मेयरले अर्को योजना बनाएका छन्–नगरमै सिक्कलसेलको अस्पताल खोल्ने । बारबर्दियामा रहेको प्राथमिक स्वास्थ्यचौकीको पक्की भवनमा पहिले सिक्कलसेल युनिट खोल्ने र विस्तारै त्यसलाई सिक्कलसेलकै अस्पताल बनाउने गरी कार्यक्रम अघि बढाइएको उनले बताए । नगरमै सिक्कलसेल एनिमियाको परीक्षण गर्न घरघर परीक्षण अभियान चलाइने उनले बताए । स्वास्थ्य अनुसन्धान परिषद्ले थालेको अभियानलाई निरन्तरता दिने उनले बताए । कसरी भैरहेको छ परीक्षण अभियान नेपाल स्वास्थ्य अनुसन्धान परिषदले झण्डै एकदर्जन कर्मचारी बारबर्दियामा नै राखेर नमुना संकलन गरिरहेको छ । जसको हेमोग्लोविन परीक्षण फिल्डमै गरिन्छ भने त्यसमा पोजेटिभ आएकाहरुको बाँकी परीक्षण राजधानीको वीर अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गराइरहेको परिषद्का सदस्य एवं फिजिसियन डा. श्याम बिकले जानकारी दिए । ‘यहाँ संकलन गरेका नमूनाको हेमोग्लोबिन जाँच (सिबिसी) यहीँ नगरपालिकामा मेशिन राखेर भइरहेको छ । यसमा हेमोग्लोबिन कम पाइएकाहरुको काठमाण्डौमा एचडी इलेक्ट्रोफोरोसिस र वंशानुगत अध्ययनका लागि पीसीआर टेष्ट गरिरहेका छौं ।’ उनले थपे । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष डा. अन्जनीकुमार झाले हालसम्म करिब २ हजार ५ सय नमूना परीक्षण भैसकेको जनाए । डा. झाले थपे ‘अहिलेसम्मको परीक्षण रिपोर्ट हेर्दा सिक्कलसेल एनिमियाको अवस्था भयानक आउनेवाला छ । बाँकी रिपोर्ट २० हजारको परीक्षण पछिमात्र थाहा हुन्छ ।’ #सिक्कलसेल एनिमिया #बारबर्दिया नगरपालिका #नेपाल स्वास्थ्य अनुसन्धान परिषद Source: https://www.hamrodoctornews.com/detail/9350

आर्थिक वर्ष: