FAQs Complain Problems

समाचार

हाम्रो बारेमा

नेपालको लुम्बिनी प्रदेश को बर्दिया जिल्लामा पर्ने यो बारबर्दिया नगरपालिका नेपाल सरकारको मिति २०७३ साल फाल्गुन २७ गतेको निर्णयानुसार गठन भएको नगरपालिका हो । साविक बानियाभार, पदनाहा, मगरागाडी र धधवार सहित ४ गाविस समाहित गरि यो नगरपालिकाको निर्माण भएको हो । यस नगरपालिकामा जम्मा ११ वटा वडाहरु छन् । बारबर्दिया नगरपालिका बर्दिया जिल्लाको मध्य भागमा २८ डिग्री २६ मिनेट देखि २८ डिग्री ३६ मिनेट उतर आक्षांश सम्म र ८१ डिग्री ३० मिनेट देखि ८१ डिग्री ५० मिनेट उतर देशान्तर सम्ममा अवस्थित रहेको छ । यस नगरपालिकाकाे सिमाना पूर्वमा बाँसगढी नगरपालिका, पश्चिममा मधुवन नगरपालिका, उत्तरमा बर्दिया राष्ट्रिय निकुञ्ज र ठाकुरबाबा नगरपालिका तथा दक्षिणमा गुलरिया नगरपालिका रहेको छ । यस नगरपालिकाको कुल जनसंख्या ६८०१२ रहेको छ जसमा ३२६७३ पुरुष तथा ३५३३९ महिला रहेका छन । यो नगरपालिका २२६.०९ वर्ग किमी क्षेत्रमा फैलिएको छ भने यसको उचाई समुन्द्री सतहदेखि करिव १७५ मिटरमा  रहेको छ । उत्तरमा केहि चुरे क्षेत्र र दक्षिणमा तराई रहेको यस नगरपालिकाको अन्य विष्तृत विवरण देहाय अनुसार रहेको छ ।

वडा विभाजनः

क्र.स.

न.पा.को वडा नं.

साविक गा.वि.स. का वडाहरु

वडाको जनसंख्या

साविक गाविस वा नपाको नाम

वडा नं.

बनियाभार

१,२

५८७७

बनियाभार

३,४,५

५२७५

बनियाभार

६,७,८,९

६५३०

पदनाहा

१,२,५,६,७,८,९

६८२२

 

 

पदनाहा

३,४

 

५४८५

मगरागडी

१,३

मगरागडी

२,४

५८२१

मगरागडी

५,६,७,८

६२८४

मगरागडी

५९७७

धधवार

२,७

धधवार

३,६

६८५९

१०

१०

धधवार

१,४,९

७११४

११

११

धधवार

५,८

५९६८

   

जम्मा

 

६८,०१२