FAQs Complain Problems

समाचार

हाम्रो बारेमा

नेपालको लुम्बिनी प्रदेश को बर्दिया जिल्लामा पर्ने यो बारबर्दिया नगरपालिका नेपाल सरकारको मिति २०७३ साल फाल्गुन २७ गतेको निर्णयानुसार गठन भएको नगरपालिका हो । साविक बानियाभार, पदनाहा, मगरागाडी र धधवार सहित ४ गाविस समाहित गरि यो नगरपालिकाको निर्माण भएको हो । यस नगरपालिकामा जम्मा ११ वटा वडाहरु छन् । बारबर्दिया नगरपालिका बर्दिया जिल्लाको मध्य भागमा २८ डिग्री २६ मिनेट देखि २८ डिग्री ३६ मिनेट उतर आक्षांश सम्म र ८१ डिग्री ३० मिनेट देखि ८१ डिग्री ५० मिनेट उतर देशान्तर सम्ममा अवस्थित रहेको छ । यस नगरपालिकाकाे सिमाना पूर्वमा बाँसगढी नगरपालिका, पश्चिममा मधुवन नगरपालिका, उत्तरमा बर्दिया राष्ट्रिय निकुञ्ज र ठाकुरबाबा नगरपालिका तथा दक्षिणमा गुलरिया नगरपालिका रहेको छ । यस नगरपालिकाको घरधुरी संख्या १६८९७ र  कुल जनसंख्या ७२५३३ रहेको छ जसमा ३४१२६ पुरुष तथा ३८४०७ महिला रहेका छन ।श्रोतः राष्ट्रिय जनगणना २०७८ । यो नगरपालिका २२६.०९ वर्ग किमी क्षेत्रमा फैलिएको छ भने यसको उचाई समुन्द्री सतहदेखि करिव १७५ मिटरमा  रहेको छ । उत्तरमा केहि चुरे क्षेत्र र दक्षिणमा तराई रहेको यस नगरपालिकाको अन्य विष्तृत विवरण देहाय अनुसार रहेको छ ।

वडा विभाजनः

क्र.स.

न.पा.को वडा नं.

साविक गा.वि.स. का वडाहरु

वडाको जनसंख्या

साविक गाविस वा नपाको नाम

वडा नं.

१

१

बनियाभार

१,२

६१७१

२

२

बनियाभार

३,४,५

५५७७

३

३

बनियाभार

६,७,८,९

७१०७

४

४

पदनाहा

१,२,५,६,७,८,९

६९०३

 

५

 

५

पदनाहा

३,४

५७५४

मगरागडी

१,३

६

६

मगरागडी

२,४

६४६०

७

७

मगरागडी

५,६,७,८

६५१३

८

८

मगरागडी

९

६३०३

धधवार

२,७

९

९

धधवार

३,६

७६६७

१०

१०

धधवार

१,४,९

८०६२

११

११

धधवार

५,८

६०१६

   

जम्मा

 

७२,५३३

//