समाचार
१५ शैयाको बारबर्दिया नगर अस्पतालमा अन्तरङ्ग (विरामी भर्ना) शुरुवात
बारबर्दिया नगर अस्पतालमा सेवाको सुधार तथा सेवा विस्तारको अभियान जारी छ। मिति २०८२-०८-२६ गतेका दिनदेखि बारबर्दिया नगरपालिकाद्वारा संचालित १५ शैयाको बारबर्दिया नगर अस्पतालमा अन्तरङ्ग (विरामी भर्ना) शुरुवात गरेको छ । सेवा शुभारम्भ कार्यक्रमको शुरुवात नगर प्रमुख श्री छविलाल थारु ज्यूले गर्नुभएको थियो । आगामी दिनमा सेवा आवश्यक पर्ने सेवाग्राहीलाई लाभान्वित हुन हार्दिक अनुरोध छ । यो उल्लेखनीय कार्यका लागि सहयोग र साथ दिने सरोकारवाला सवैलाई हार्दिक आभार सहित धन्यवाद ।






