समाचार
१ दिने नि:शुल्क पशु स्वास्थ्य शिविर बारबर्दिया न .पा. ३ झुण्डिपुर
मिति २०८१-१०-२८ गते यस बारबर्दिया नगर पालिका पशु सेवा शाखाको आयोजनामा १ दिने नि:शुल्क पशु स्वास्थ्य शिविर बारबर्दिया न .पा. ३ झुण्डिपुरमा नगर प्रमुख श्री छबिलाल थारु ज्युको प्रमुख आतिथ्य, वडा नं. २ का अध्यक्ष एवम् आर्थिक विकास समिति संयोजक श्री रामफेरन थारु ज्युको अध्यक्षता, प्रमुख प्रशासकिय अधिकृत श्री दिपक कुमार आचार्य ज्युको विशेष आतिथ्य , वडा नं.३ का वडा अध्यक्ष श्री नन्दलाल थारु, कार्यपालिका सदस्य श्री श्याम कुमारी थारु,पशु सेवा शाखाका निबृत्त प.चि. श्री सुमन कुमार दत्त, थारु महिला उत्थान केन्द्रका संयोजक श्री किशोर थारु ,वडासदस्य श्री दशु राम थारु र श्री गोबिन्द थारु, बाराबर्दिया सामाजिक उधमी महिला स.स.लि. का अध्यक्ष श्री राम कुमारी थारु, बडघर, बुद्विजिबी, समाजसेवी लगयत विभिन्न अतिथिगणहरुको उपस्तिथिमा कार्यक्रम सम्पन्न गरियो ।
उक्त शिविरमा स्वागत मन्तव्य र शिविरबाट तपसिल अनुसारका पशु पन्छीको औषधी उपचार गरिएको पशु सेवा शाखा प्रमुख दिपक राज थापा ज्यूले बताउनु भयो ।
तपसिल:
गाई/गोरु ७८, राँगा/ भैंसी २३५, भेडा/बाख्रा ४८८, कुखुरा ८१०, बङ्गुर ४४, पशु बन्ध्याकरण १७, नमुना परिक्षण १४५ गरि जम्मा १८१७ पशु पन्छीको उपचार गरियो।