समाचार
२०८२ साल असोज २६ गते बारबर्दिया नगरपालिका वडा नं ९ को ढकैला गाउँमा शहरी स्वास्थ्य क्लिनिकको नवनिर्मित भवनको समुद्धघाटन
आज मिति २०८२ साल असोज २६ गते बारबर्दिया नगरपालिका वडा नं ९ को ढकैला गाउँमा शहरी स्वास्थ्य क्लिनिकको नवनिर्मित भवनको समुद्धघाटन नगर प्रमुख श्री छविलाल थारु ज्यूले गर्नुभएको छ। आजका मिति देखि स्वास्थ्य सेवाको शुभारम्भ समेत भएको छ। कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत श्री गौतम भण्डारी, वडा नं ४, ८, र ९ का वडा अध्यक्षहरु लगायतको समेत सहभागिता रहेको थियो। आधारभुत स्वास्थ्य सेवाको विस्तार र आम नागरिकमा सेवाको पहुँच पुर्याउने नगरपालिकाको नीति बमोजिम स्वास्थ्य केन्द्रको शुरुवात भएको छ ।









