समाचार
“५०% अनुदान कृषि यन्त्र उपकरण वितरण कार्यक्रम”
मिति २०८२-०३-०७ गतेका दिन बारबर्दिया नगरपालिकाको आयोजनामा “५०% अनुदान कृषि यन्त्र उपकरण वितरण कार्यक्रम” आर्थिक बिकास समितिका संयोजक श्री राम फेरन थारु ज्यूको अध्यक्षतामा,नगर प्रमुख श्री छविलाल थारु ज्यूको प्रमुख आतिथ्यतामा , नगर उप-प्रमुख श्री रत्न कुमारी पाण्डे ज्यूको बिशिष्ट आतिथ्यतामा ,प्रमुख प्रशासकीय अधिकृत श्री टिका नाथ गोसाई ज्यूको बिशेष आतिथ्यतामा,वडा १-११ वटै वडा अध्यक्ष ज्यूहरु लगाएत विभिन्न अतिथिगणहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न गरियो ।
उक्त कार्यक्रममा ८७ जना कृषकहरुलाई पावर टिलर , १०० जना कृषकहरुलाई मिनि टिलर र ३९ जना कृषकहरूलाई सिचाई मोटर वितरण गरिएको छ।