समाचार
Inclusive Rural Development Project in Bardiya District, Nepal को Project Steering Committee (PSC)को बैठक
Inclusive Rural Development Project in Bardiya District, Nepal को Project Steering Committee (PSC)को बैठक संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सह-सचिव तथा यस समितिका अध्यक्ष श्री निता पोखरेल अर्याल, कोइका नेपाल कार्यालयका Country Director Mr.Kong Mooheon र बारबर्दिया नगरपालिकाका नगर प्रमुख श्री छविलाल थारु ज्यू तथा बर्दिया जिल्लाका ८ वटै स्थानीय तहका प्रमुख ज्यूहरुले परियोजनाको कार्ययोजना(2024-2029) मा हस्ताक्षर गरि एक समारोह स्वीकृत गर्नुभयो। साथै उक्त समारोहमा यस नगरपालिकाका नगर प्रमुखले आफ्नो स्थानीय तहको प्राथमिकतामा परेका आयोजना/परियोजना प्रस्तुत गर्दै परियोजना सफल बनाउन प्रतिबद्धता व्यक्त गर्नुभयो । सो कार्यक्रममा ८ वटै स्थानीय तहका परियोजना सम्पर्क व्यक्ति र स्थानीय कार्यान्वयन इकाई छनौट भएका सहकारी संस्थाका अध्यक्ष ज्यूहरु र MOFAGA ,KOICA-Nepal का अधिकारी ज्यूहरुको उपस्थिति समेत रहेको थियो।







