समाचार
१ दिने नि:शुल्क पशु स्वास्थ्य शिविर” कार्यक्रम
मिति २०८२- ०३-०३ गतेका दिन बारबर्दिया नगरपालिका पशुसेवा शाखाको आयोजनामा “१ दिने नि:शुल्क पशु स्वास्थ्य शिविर” कार्यक्रम आर्थिक बिकास समितिका संयोजक अध्यक्ष श्री राम फेरन थारु ज्यूको अध्यक्षता नगर प्रमुख श्री छविलाल थारु ज्यूको प्रमुख आतिथ्य , नगर उप-प्रमुख श्री रत्न कुमारी पाण्डे ज्यूको बिशिस्ट आतिथ्य ,प्रमुख प्रशासकीय अधिकृत श्री टिका नाथ गोसाई ज्यूको बिशेष आतिथ्य , ७ न. का वडा अध्यक्ष इन्द्र प्रसाद थारु चौधरी ज्यु लगायत लगायत विभिन्न अतिथिगणहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न गरियो ।
उक्त शिबिर कार्यक्रममा गाई,भैसी,भेडा,बाख्रा,बंगुर उपचार सेवा १९०५,बन्ध्याकरण ३८,गोबर परीक्षण ४३ र कृतिम गर्भाधान ४ को सेवा उपलब्ध गरिएको थियो । यस कार्यक्रममा जम्मा ३४४ जना कृषकहरुको सहभगिता रहेको थियो ।