समाचार
विश्व सिकलसेल सचेतना दिवस २०८२
विश्व सिकलसेल सचेतना दिवस २०८२: बारबर्दिया नगरपालिकाको आयोजनामा विश्व सिकलसेल सचेतना दिवस भब्य र यस पटक फरक तरिकाले मनाईएको छ। मिति २०८२ असार ५ गते सोहि अवसरमा बृहत रक्त्तदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरियो। नेपाल रेडक्रस सोसाईटी बारबर्दिया ,नेपाल स्वयंसेवि रक्त्तदाता समुह बारबर्दिया र सिकलसेल एनिमिया सोसाईटीको सहयोग र समन्वयमा बारबर्दिया नगर प्रमुख ज्युको अध्यक्षतामा कार्यक्रम तपसिल अनुसार भब्य रुपमा सम्पन्न गरिएको थियो।
१.विहान ८ बजेदेखि बृहत रक्त्तदान कार्यक्रम शुरु भई ३७ जनाले रक्त्तदान गर्नुभयो।
२. भेरी अस्पतालका प्रमुख कन्सल्टेण्ट फिजिसियन एवं सिकलसेल विज्ञ डा राजन पाण्डे ज्युबाट अन्तरक्रिया कार्यक्रम सहजीकरण गर्नुभएको थियो जसमा करिब १२० जनाको सहभागिता रहेको थियो।
३. सदाशिव बहुमुखि क्याम्पसका विद्यार्थी भाईबहिनीहरु करिब ४० जनाको सोहि अवसरमा सिकलसेलको परिक्षण तथा परामर्श समेत गरिएको थियो जसको संयोजन क्याम्पसका स्ववियु सभापति दिपक थारुले गर्नुभएको थियो जसको उदेश्य Know Your Sickle cell Status भन्ने रहेको थियो।
४. क्याम्पसका विद्यार्थीहरुलाई सिकलसेल तथा थालेसिमिया रोगबारे सचेतना समेत गराईएको थियो।
५.अन्तमा डा राजन पाण्डे ज्युबाट सिकलसेल तथा थालेसिमियाका विरामीहरुको स्वास्थ्य परिक्षण समेत गर्नुभएको थियो जसमा जम्मा सेवाग्राही करिब ३५ जना रहनुभएको थियो साथै बारबर्दिया नगर अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीको क्षमता अभिबृद्बि गर्ने कार्य समेत गर्नुभएको थियो।
यस वर्ष विभिन्न कार्यक्रम गरि दिवस मनाउन सहयोग गर्ने सबैमा नगरपालिका धन्यवाद ज्ञापन गर्दै सिकलसेलका विरामीहरुको स्वास्थ्य लाभको कामना गर्दछ।