समाचार
...बारबर्दिया नगर अस्पतालमा रक्त्तसंचार सेवा केन्द्र
बारबर्दिया नगर सरकारको नयाँ जनहितको कार्य ....बारबर्दिया नगर अस्पतालमा रक्त्तसंचार सेवा केन्द्र बाट आजदेखि औपचारिक रुपमा नगर अस्पतालमा Blood Transfusion Service को शुरुवात वडा नं २ का सेवाग्राहीबाट भएको छ। सेवा शुभारम्भ कार्यक्रममा नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, अस्पताल अध्यक्ष, अस्पतालका चिकित्सक , स्वास्थ्यकर्मी,सामाजिक विकास समिति संयोजक, वडा नं. १ का वडा अध्यक्ष ,स्वास्थ्य शाखा प्रमुख, पशु सेवा शाखा प्रमुख लगायतको सहभागिता रहेको थियो। सिकलसेल तथा थालेसिमियाका सेवाग्राहीलाई मध्यनजर गर्दै यो सेवाको सुरुवात गरिएको छ। बारबर्दिया नगर अस्पतालको सेवा प्रवाह तथा सेवा विस्तारमा प्रयास निरन्तर जारि रहेको छ।बारबर्दियाको जनस्वास्थ्य सुधारमा नगरबासीहरुको सकरात्मक सल्लाह तथा सुझावको सधैँ अपेक्षा गरिएकोछ।सहयोगी सबै मनहरुमा नगरपालिका हार्दिक आभार ब्यक्त्त गर्दछ। विशेष धन्यवाद रक्त्तदाता पार्वति गौडेल मेडम र समन्वयकर्ता भाई दिपक थारु लगायतलाई विशेष धन्यवाद !