समाचार
मिति २०८२-०९-०६ गतेका दिन जेड जुरिक फाउण्डेशन र स्विस रि-फाउण्डेशनको सह-लगानीमा प्राक्टिकल एक्शन नेपाल र भेरी वातावरणीय विशिष्टता समूह (BEE Group) का वीच साझेदारी
मिति २०८२-०९-०६ गतेका दिन जेड जुरिक फाउण्डेशन र स्विस रि-फाउण्डेशनको सह-लगानीमा प्राक्टिकल एक्शन नेपाल र भेरी वातावरणीय विशिष्टता समूह (BEE Group) का वीच साझेदारी भई यस बारबर्दिया नगरपालिका वडा नं. ९ ढकैलामा जडान भएको बर्षा मापन यन्त्र र ववई नदीको पुल भन्दा करिव १.५ कि.मि. माथि जडान गरिएको बाढी मापन यन्त्र, तथा बारबर्दिया नगरपालिका वडा नं. २ कुमरागाउँमा निर्मित सुरक्षित खानेपानी उच्च धारा तथा सोही वडाको ढुङग्रही गाउँमा निर्मित सुरक्षित स्थानमा आवतजावत गर्नका लागि निर्मित कल्भर्ट (RCC Box Culvert) र वडा नं. ४ अन्तर्गत निर्माण गरिएको सुरक्षित सिंचाई नहर बारबर्दिया नगरपालिका नगर प्रमुख श्री छविलाल थारु ज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री गौतम भण्डारी ज्यू, वडा अध्यक्ष ज्यू हरु,योजना शाखा प्रमुख ज्यू, लगाएत साझेदारी निकायका प्रतिनिधि समेतको संयुक्त टोली मार्फत अनुगमन गरियो ।










