समाचार
यरोगका बिरामीहरूको सक्रिय खोजपड्ताल (TB Screening Camp) कार्यक्रम
“हो, हामी क्षयरोग अन्त्य गर्छौं” भन्ने राष्ट्रिय नारालाई आत्मसात गर्दै
बारबर्दिया नगरपालिका स्वास्थ्य शाखाद्वारा बारबर्दिया नगरपालिकाका वडा नं. ८ (चौकिपुर), ९ (ढकैला), खैरेनी तथा वडा नं. ५ (सिटी बरेलि) मा सम्भावित क्षयरोगका बिरामीहरूको सक्रिय खोजपड्ताल (TB Screening Camp) कार्यक्रम सफलतापूर्वक सञ्चालन गरी सम्पन्न गरिएको छ।
यस कार्यक्रममार्फत समुदाय स्तरमै पुगेर क्षयरोगको पहिचान, परीक्षण तथा उपचार सेवामा पहुँच विस्तार गरिएको छ।
लामो समयदेखि खोकी, ज्वरो, तौल घट्ने, राति पसिना आउने जस्ता लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। क्षयरोग निको हुन्छ, समयमै उपचार गरौँ।









