समाचार
बारबर्दिया नगरपालिका वडा नं. ३ मा अवस्थित बनियाभार स्वास्थ्य चौकीको प्रसुति कक्षसहितको नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन
बारबर्दिया नगरपालिका वडा नं. ३ मा अवस्थित बनियाभार स्वास्थ्य चौकीको प्रसुति कक्षसहितको नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन बारबर्दिया नगरपालिकाका नगर प्रमुख श्री छविलाल थारु ज्यूबाट सु-सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता ३ नं वडा अध्यक्ष श्री नन्दलाल थारु ज्यूले गर्नु भएको थियो भने कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत श्री गौतम भण्डारी ज्यू, नगर प्रवक्ता श्री सिताराम योगी ज्यू, वडा नं १ का अध्यक्ष श्री कैलासपति थारु ज्यू र वडा नं ६ का अध्यक्ष श्री झग बहादुर वली ज्यू तथा सामाजिक विकास समिति संयोजक श्री श्याम कुमारी चौधरी ज्यूको समेत उपस्थिति रहेको थियो।
उक्त नवनिर्मित भवन सञ्चालनमा आएपछि स्थानीय नागरिकहरूले सुरक्षित तथा गुणस्तरीय मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सहित आधारभूत स्वास्थ्य सेवाहरू सहज, व्यवस्थित र प्रभावकारी रूपमा प्राप्त हुने अपेक्षा गरिएको छ।
यस भवनको निर्माणमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउनु हुने सम्पूर्ण निकाय, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, निर्माण व्यवसायी तथा स्थानीय समुदायप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौँ। नगरको जनस्वास्थ्य सुधार अभियानमा निरन्तर पहल भएको छ।





