समाचार
सिकल सेल समावेश गरिएको पाठ्यपुस्तक सार्वजनिक ।
सिकल सेल एनेमिया सम्बन्धि पाठ बारबर्दिया नगरपालिका अन्तर्गत पर्ने सबै माध्यमिक बिद्यालय को कक्षा ९ मा अनिवार्य अध्यापन गराइने भएको छ । ३९ औं राष्ट्रिय शिक्षा दिवस तथा ५२ औं अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा मिति २०७५ भाद्र २३ गते श्री युवक मा.वि.जोगिगाउमा एक बिशेष समारोह बीच सो पुस्तकको बिमोचन गरिएको छ ।